सप्तरीको तिलाठी कोइलाडी र हनुमाननगर कंकालिनीमा बिधालय दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता भएको खुलासा ……

मिति: २०२३-०८-२२ , समय : ०५:३४:३४ , नविन निर्भय यादव

तस्बिर : सामाजिक सन्जालबाट

नविन निर्भय यादव

राजविराज ।
नेपाल सरकारले सामुदायिक बिधालयहरुमा कक्षा १ देखि ५ सम्मका बिधार्थीहरुलाई दिवा खाजाको व्यवस्था मिलाउदै आएका छन् । वालवालिकाको स्वास्थ्य र पोषण स्थितिमा सुधार गरी बिधालय भर्ना निरन्तरता र सिकाई स्तर सुधार गर्ने उद्वेश्यले नेपालमा दिवा खाजाको कार्यक्रम विक्रम सम्वत २०२४ सालदेखि लागु भएको हो । प्रारम्भमा खाध असुरक्षित ३७ जिल्लाका सुविधाहिन छानिएका बिधालयमा गरीव , विपन्न, सुविधाहिन वालवालिकाको स्वास्थ्य पोषण तथा शैक्षिक स्थिति सुधार गर्न तत्कालिन समाज कल्याण परिषदबाट कार्वान्यन गरिएको विधालय दिवा खाजा कार्यक्रमले परिवर्तित स्वरुपमा निरन्तरता पाउदै आएको हो । निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा ऐन २०७४ ले विधालय दिवा खाजालाई गुणस्तरीय शिक्षा प्राप्तीसंग खान पाउने अधिकारको रुपमा स्थापित गरेको छ ।
हाल आएर सात सय ५३ वटै पालिकामा विधालय दिवा खाजा कार्यक्रम प्रभावकारी रुपमा संचालन हुदै आएका छन तर स्थानिय तह अन्तर्गतका सामुदायिक बिधालयहरुमा व्यवस्थापन गरिएको दिवा खाजाको ढाँचा र खाजा वापतको खर्चको विवरण समानरुपमा नपाइएको सरोकारवालाहरु बताउँछन् । महालेखा परिक्षणको प्रतिवेदन अनुसार प्रत्येक स्थानिय तहमा विधार्थीको अनुपात र खाएको खाजा खर्चको आँकडामा हिनामिना भएको उल्लेख रहेको छ ।
सप्तरीका केहि पालिकामा पनि पछिल्लो समयमा बिधालय दिवा खाजा खर्चमा लाखौ हिनामिना भएको मलेप प्रतिवेदनले जनाएको छ । यसै संदर्भमा तिलाठी कोइलाडी गाउँपालिकामा दिवा खाजामा बिधार्थीको संख्या र प्रति विधार्थीले पाउने खाजा रकमसंग हिसाव नमिलेको प्रतिवेदनले सार्वजनिक गरेको छ । बिधालय संचालन भएको दिन र सो अवधि बिधार्थीले खाएको खाजा खर्चको हिसाव परिक्षण गर्दा रकम बढी निकास भएको देखिन्छ । यस पालिकामा १७ वटा सामुदायिक विधालयको खातामा गएको दिवा खाजाको वील तथा वितरणको भरपाई परिक्षणबाट १३ दिनको रकम बढी निकासा भएको देखिन्छ ।
प्रतिवेदनले खुलाए अनुसार, बिधालय संचालन भएको एकसय ६७ दिन रहेकोमा एकसय ८० दिनको खाजा वापतको रकम निकास पठाएकोले सम्बन्धित बिधालयले सो रकम असुल उपर गर्नुपर्ने छ । साथै पाँचवटा बिधालयले दिवा खाज विवरणको वील तथा भरपाई पेश नभएको प्रतिवेदनमा उल्लेख रहेको छ । दिवा खाजा संचालनार्थ १७ वटा बिधालयहरुको खातामा रकम निकासा पठाएको मध्ये लेखा परिक्षणको क्रमसम्म ३५ लाख ६९ हजार ६ सय २५ रुपैयाको वील तथा भरपाई छैन । बिधालय खाजा खर्च, बिधालय अधिकतम चालु भएको दिन र जम्मा बिधार्थी संख्यासंग हिसाव मिलान नहुँदा लाखौ रकम फरक देखिएको मलेप प्रतिवेदनमा उल्लेख रहेको छ ।
विभिन्न पालिकाहरुमा गत आर्थिक वर्षमा करोडौं रकम बेरुजु देखिएका छन् । गत आव २०७८/०७९ मा हनुमाननगर कंकालिनी नगरपालिकामा दुई करोड ९३ लाख आठ हजार तीनसय ४२ रुपैया बेरुजु रहेको महालेखा परिक्षणकाे प्रतिवेदनले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: २०२३-०८-२२ , समय : ०५:३४:३४ , १ वर्ष अगाडि