सप्तरीकाे बलान बिहुल गाउँपालिकामा पशु अस्पताल भवनको शिलान्यास
मिति: २०२३-०८-१८ , समय : १९:३३:५७ , गामघर डेस्क
मिति: २०२३-०८-१८ , समय : १९:३३:५७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको बलान बिहुल गाउँपालिकामा पशु अस्पताल भवनको शिलान्यास गरिएको छ । बलान बिहुल गाउपालिका वडा १ मलहनियाँमा १२ कोठे पशु अस्पताल भवनको शुक्रवार शिलान्यास गरिएको हो । गा.पा. अध्यक्ष खेमचन्द्र यादवले उक्त भवनको एक कार्यक्रम विच शिलान्यास गरेको छ ।
बलान बिहुल गापाले , ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना , आर्थिक कोरिडोर कार्यालय बर्दिवासको कार्यक्रम’ अन्तर्गतको सहयोगमा पशु अस्पतालको निर्माण हुने गापा अध्यक्ष यादवले बताउनु भयो ।
सो भवन २ करोड ३५ लाख ८५ हजार रुपैयाँको लागतमा निर्माण हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसयैतका अनुसार पशु अस्पताल निर्माण यहि आर्थिकवर्षमा सम्पन्न हुने बताउनु भयो । पशु अस्पताल निर्माण भए पछि बलान बिहुलका साथै सुरुङ्गा नगरपालिका, बोदे बर्साईन नगरपालिकाका पशु पालक किसानले लाभ लिने स्थानिय बताउँछन ।
पशु अस्पताल निर्माण कार्यको ठेक्का आशिष पृथ्वीभी जे.भी काठमाण्डौले २०८० जेठ २८ गतेको सम्झौता अनुसार २०८१ असार १७ गते सम्म भवनको निर्माण कार्य सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तर गर्नु पर्ने छ ।
प्रकाशित मिति: २०२३-०८-१८ , समय : १९:३३:५७ , 2 years अगाडि