सप्तरी घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने मानवअधिकार आयोगकाे माग

मिति: २०२३-०८-१५ , समय : १६:४०:१८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । राष्ट्रिय मानवअधिकार आयोगले सप्तरीका मानवअधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलमाथि प्रहरीले गरेको कुटपिट र दुर्व्यवहारको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

मंगलबार आयोगले विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, दोषीलाई कानुनी कारवाही गर्न र मानव अधिकारकर्मी तथा पत्रकारको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।


सप्तरीका मानवअधिकारकर्मी तथा पत्रकार पोखरेल जिल्ला प्रहरी कार्यालय परिसरमा काम विशेषले गएका बेला प्रहरीले कुटपिट तथा दुर्व्यवहार गरेको थियो । उक्त घटनालाई लिएर पत्रकारहरु र सामाजिक संघ संस्थाहरुले निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् ।

उक्त घटनाको आयोगको मधेश प्रदेश कार्यालयले अनुसन्धान गरिरहेको छ । आयोगले सेवाग्राहीले सेवा लिन जाँदा संयमित हुन र सेवा प्रवाह गर्ने निकायप्रति मर्यादित व्यवहार गर्न पनि आग्रह गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रकाशित मिति: २०२३-०८-१५ , समय : १६:४०:१८ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्