भारतको हिमाचल बाढीका कारण ५१ जनाको मृत्युु, ७ सय ५० भन्दा धेरै सडक अबरुद्ध

मिति: २०२३-०८-१५ , समय : ०७:२१:१४ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

भारत ।
भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ ।

हिमाचल का मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले वर्षा प्रभावित क्षेत्रमा अझै धेरै मानिस फसेको र मृतकको सङ्ख्या बढ्न सक्ने बताउनुभएको छ । त्यहाँ खोजी र उद्धारको काम निरन्तर भैरहेको छ । ठूलो वर्षा र बाढीले जनजीवन प्रभावित भएको छ ।

राज्य सरकारले सबै विद्यालय, कलेज र अन्य शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको मौसम विज्ञान विभागले हिमाचल मा अझै केही दिन वर्षाको सम्भावना रहेको जनाएको छ ।

मुसलधारे वर्षाका कारण उत्तरी राज्य उत्तराखण्ड र हिमाचल प्रदेशमा भवन, सडक तथा पुलहरू भत्किएका छन् । हिमाचल राज्यको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार त्यहाँका सात सय ५० भन्दा धेरै सडक बन्द भएका छन् । एजेन्सी

प्रकाशित मिति: २०२३-०८-१५ , समय : ०७:२१:१४ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित