काेशि प्रदेश : विराटनगरमा एक युवामाथि तरबार प्रहार
मिति: २०२३-०८-१४ , समय : १५:५४:४८ , गामघर डेस्क
मिति: २०२३-०८-१४ , समय : १५:५४:४८ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । काेशि प्रदेशको विराटनगर उपमहानगरपालिका –१० बाबा चौक लर्डबुद्ध कलेज अगाडी एकजना युवामाथि तरबार प्रहार हुँदा घाईते भएका छन् ।
विराटनगर–८ का २२ वर्षीय मो.अलीमाथि तरबार प्रहार भएको हो । घाईतेको न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।
घटनास्थलमा प्रहरी पुगेको छ । अलिमाथि विराटनगर–८ का सनि हुसेनसहित तीनजनाले आक्रमण गरेर फरार रहेको प्रहरीले जानकारी दिइएको छ । प्रहरीले तरबार नियन्त्रणमा लिएको छ ।
यता फरारको खोजी भईरहेको जनाएको छ । घाईतेको अवस्था लगायतका विषयमा थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति: २०२३-०८-१४ , समय : १५:५४:४८ , 2 years अगाडि