नेकपा एमालेका सांसदले आज पनि संसद् चल्न दिएनन्

मिति: २०२३-०८-१४ , समय : १५:४३:०५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । नेकपा एमालेका सांसदले आज साेमवार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुनको बारेमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गरेर यही साउनको ९ गतेदेखि एमालेका सांसदले संसद् चल्न दिएका छैनन् ।

आज पनि एमालेका सांसदले नाराबाजी गरेर बैठक चल्न नदिएका हुन् । बैठक शुरु हुनेबित्तिकै बोल्दै कांग्रेसका सांसद सुनील शर्माले राज्यले आफूलाई आतङ्ककारी शैलीमा पक्राउ गरेको भनेर विरोध जनाउनुभएको छ । उहाँको यो भनाइबारे माओवादीका सांसदले आपत्ति जनाएका छन् ।

एमालेका सांसदले नाराबाजी नरोकेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक आउँदो भदौ ३ गते आइतवारसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: २०२३-०८-१४ , समय : १५:४३:०५ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित