बंगलादेशमा डेंगुबाट चार सयकाे मृत्यु, संक्रमितको संख्या ८५ हजारभन्दा माथि

मिति: २०२३-०८-१४ , समय : १४:५१:२४ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

बंगलादेश ।
बंगलादेशमा २४ घन्टाको अवधिमा थप ११ जनाको डे‌ंगुका कारण मृत्यु भएको पुष्टि भएको छ। यससँगै यस वर्ष डेंगु संक्रमण कारण मृत्यु हुनेको संख्या तीन सय ९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको महानिर्देशनालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा दैनिक दुई हजार नाै सय पाँचजनामा डेंगुको संक्रमण देखिएको र जनवरीयता डेंगुका संक्रमितको संख्या ८५ हजार चार सय ११ पुगेको छ।

पछिल्लो २४ घन्टामा अस्पताल र क्लिनिकबाट थप दुई हजार नाे सय ९१ जना निको भएर घर फर्केपछि निको हुनेको संख्या ७५ हजार दुई सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस वर्षको अगस्टमा एक सय ४७, जुलाईमा दुई सय चार र जुनमा ३४ जनाको मृत्यु भएको छ। गत महिना ४३ हजार आठ सय ५४ जनामा लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण देखिएपछि अगस्टको पहिलो १३ दिनमा थप ३३ हजार पाँच सय ७९ जनामा डेंगुको संक्रमण देखिएको छ।

एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग डेंगु ज्वराे आउँदा टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, बान्ता हुने र चिलाउनेजस्ता लक्षण देखापर्छन्।

एडिस मूलतः उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रमा पाइने लामखुट्टेको प्रजाति हो। तर, यो प्रजाति अहिले अन्टार्कटिकाबाहेक सबै महादेशमा फैलिएको पाइन्छ। एजेन्सी

प्रकाशित मिति: २०२३-०८-१४ , समय : १४:५१:२४ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित