जनमत पार्टीबाट अनितादेवी साहले आज मन्त्रीको शपथ लिदै

मिति: २०२३-०८-१४ , समय : ११:०१:०५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी जनमत पार्टीकी अनितादेवी साहले सम्हाल्ने हुनुभएको छ।

साहले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिनुभयो । जनमत पार्टीको सचिवसमेत रहनुभएकी साह समानुपातिकतर्फ प्रतिनिधि सभाको सांसद हुनुहुन्छ ।

साह जनमत पार्टी स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएको छ । उहाँ किसान आन्दोलनको अग्रमोर्चामा सहभागी हुनुभएको थियो । धनुषाको पार्टी इञ्चार्जको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएकी साहकै नेतृत्वमा धनुषाको पोर्ताहामा किसान आन्दोलन भएको थियो ।

वि.सं २०३९ सालमा औरही गाउँपालिकामा जन्मनुभएकी साहले जनसङ्ख्या विषयमा स्नातकसम्म अध्ययन गर्नुभएको छ । साहलाई सरकारमा सहभागी गराउनको लागि सत्तारुढ माओवादी केन्द्रले हिजो सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सत्तागठबन्धनमा भए पनि जनमत पार्टी सरकारमा सहभागी भएको थिएन । उज्यालो

प्रकाशित मिति: २०२३-०८-१४ , समय : ११:०१:०५ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित