नेपाल शिक्षक महासंघ बोदे बर्साईनले दिए नगरपालिका कार्यालयमा धर्ना
मिति: २०२३-०८-१३ , समय : १५:१९:४६ , उमेश कुमार साह
मिति: २०२३-०८-१३ , समय : १५:१९:४६ , उमेश कुमार साह
उमेश कुमार साह
बाेदे बरसाइन ।
नेपाल शिक्षक महासंघद्वारा आयोजित देशब्यापी धर्ना तथा बिरोध कार्यक्रम अन्तर्गत सप्तरीको बोदे बर्साईन नगरपालिकाका शिक्षकहरुले बोदे बर्साईन नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन ।
बोदे बर्साईन नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत दिनेश ठाकुरलाई आफ्नो मागपत्र बुझाउदै नेपाल शिक्षक महासघ बोदे बर्साईनले शिक्षक सबै राष्ट्रका सेबक भएकाले राज्यले कुनै प्रकारको विभेद नगरिदिन आग्रह गरेका हुन । नेपाल शिक्षक संघ बोदे बर्साईनका नगर अध्यक्ष हेमकिशोर यादव , सघिय शिक्षक फोरम नगर अध्यक्ष धर्मदेव यादव , नेपाल एकीकृत शिक्षक संघका नगर अध्यक्ष कमल देव यादव , राहत शिक्षक नगर अध्यक्ष लोकेन्द्र प्रसाद यादव ,कर्मचारी परिषद नगर अध्यक्ष देव कुमार यादव र नेपाल शिक्षक संघ जिल्ला कार्य समिती सदस्य बिनय कुमार यादवको संयुक्तमा सामुदायिक बिद्यालयका शिक्षकहरुलाइ राज्यले समान व्यवहार गर्नुपर्ने बताए । शिक्षकले आफै एकजुट भयर पेसागत सुरक्षाको लागि लाग्नुपर्ने भनाइ राखे ।
शिक्षकको सेबासुबिधाको लागि राज्य जिम्मेवार हुनुपर्ने, शिक्षक राजनितिमा नलागेर आफ्नो क्षमता बढाएर एक भयर अघि बध्नुपर्ने, शिक्षक सेवा आयोगलाइ संबैधानिक बनाउनुपर्ने भनाइ राखे । भने नेपाल शिक्षक महासंघ मागप्रति यज्ञबधता जनाउदै हातेमालो गरेर आगाडी बढ्ने शिक्षक यादवको भनाइ थियो ।
अन्तरास्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने खाल्को शिक्षा नीति निर्माण हुनुपर्ने बताईन् । धर्ना तथा बिरोध कार्यक्रममा बोदे बर्साईन नगरपालिका विभिन्न संघ तथा संगठनमा आवद्ध ६० जना शिक्षक सहभागी थिय । कार्यक्रम नेपाल शिक्षक महासंघ बोदे बर्साईन नगरपालिकाको आयोजनामा भएका थिए ।
महासंघले बिगतमा भयका महासघ र सरकारबिच भएका सम्झैता कार्यनयन गर्नुपर्ने, निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च संघीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोहीअनुसार पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तर गर्नुपर्नेलगायत माग राखेर आन्दोलन गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०८-१३ , समय : १५:१९:४६ , १ वर्ष अगाडि