चीनको बेइजिङमा १ सय ४० वर्षयताकै ठूलो वर्षा, पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्युु

मिति: २०२३-०८-१० , समय : ०७:२२:४२ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

चीन ।
चीनको बेइजिङमा एक सय ४० वर्षयताकै ठूलो मुसलधारे वर्षा भएको छ । वर्षापछिको बाढी, डुबान र पहिरोमा परि कम्तीमा ३८ जनाको ज्यान गएको छ ।

उद्धार तथा राहतमा सहभागी पाँचसहित ३८ जनाको ज्यान गएको बेइजिङका उपमेयर जिया लिनमाओले जानकारी दिनुभएको छ । त्यहाँ १८ जना बेपत्ता छन् । बेइजिङमा एक सय ४० वर्षअघि रेकर्ड शुरु भएयताको यो सबैभन्दा ठूलो वर्षा हो । वर्षाका कारण आएको बाढीले झण्डै १३ लाख मानिस प्रभावित भएका छन् ।

बाढी र डुबानबाट १५ हजार हेक्टर जमिनमा लगाइएको बालीमा समेत क्षति पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । मुसलधारे वर्षाका कारण ५ सय ७ गाउँमा पानी आपूर्ति प्रभावित भएको छ । २ सय ७३ गाउँ र १६ आवासीय क्षेत्रमा विद्युत् सेवा कटौती भएको छ । सञ्चार सेवा पनि अवरुद्ध भएको छ ।

वर्षाले सडक र पुलहरूमा क्षति पुगेपछि २ सय ५६ वटा गाउँमा यातायात सेवा प्रभावित भएको छ । प्रभावित जनसङ्ख्याका लागि अत्यावश्यक खाद्यान्न, आपत्कालीन आपूर्ति र उपचार सुनिश्चित गरेको तथा विपद्पछिको महामारी रोकथामको काम थालिएको उपमेयर लिनमाओले बताउनुभयो । एजेन्सी

प्रकाशित मिति: २०२३-०८-१० , समय : ०७:२२:४२ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित