लगातारको वर्षाले मधेस प्रदेशका किसानलाई राहत……
मिति: २०२३-०८-०९ , समय : ११:१२:२९ , शुभ नारायण यादब
मिति: २०२३-०८-०९ , समय : ११:१२:२९ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज ।
मधेस प्रदेश सहित देश भरी हिजोदेखि वर्षा भएपछि यहाँका किसानहरूलाई राहत भएको छ । गत साेमबारदेखि सप्तरी,सिरहा, सुनसरी,मोरङ्ग,धनुषा, महोत्तरी, बारा, पर्सा,सलाही लगायतका स्थानमा वर्षा जारी छ ।
लामो समयदेखि वर्षा नभएपछि कतिपय किसान धान रोप्न पाएका छैनन् । रोपेको खेतमा धाँजा फाटेर रोपेको घान डढ्न थालेको थियो । यो वर्षाले किसानहरूलाई अमृत पान गरेको जस्तो भएको स्थानिय किसान मनोज यादव बताउँछन ।
उहाँका अनुसार मानो रोपेर मुरी फलाउने समयमा खडेरी परेपछि धानखेती पर्याप्त मात्रामा गर्न नपाएका किसानलाई साउने झरीले राहत मिलेको बताउनुहुन्छ ।
लामो समयसम्म मधेस प्रदेशकासाथै देशका अन्य जिल्लामा पानी नपरेका कारणले किसान निकै चिन्तित बनेका थिए । दुःख गरेर रोपिएको धानखेतमा चिरा परेर धान सुक्न थालेका थिए । केही दिनदेखिको वर्षाले खेतमा पानी जम्ने अवस्था सिर्जना भएकाले किसानलाई ठूलो राहत मिलेको छ । यसले सुक्न थालेको धानलाई अमृत सरह भएको स्थानिय किसान धीरेन्द्र यादव बताउँछन ।
मौसम विभागका अनुसार तराई मधेशमा दुईतीन दिन अझै वर्षाको सम्भावना रहेको जनाएको छ । अब कहिलेकाहीँ हल्का वर्षा भएपनि रोपिसकेको धान उब्जि हाल्ने किसानहरूको विश्वासमा छन ।
प्रकाशित मिति: २०२३-०८-०९ , समय : ११:१२:२९ , १ वर्ष अगाडि