सप्तरीमा मिटर ब्याजको आरोपमा प्रहरी–प्रशासनबाट पिडित

मिति: २०२३-०८-०६ , समय : १९:४७:११ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको शम्भनाथ नगरपालिकाका एक जना मिटर ब्याजको आरोपमा प्रहरी–प्रशासनबाट पिडित भएको छ । शम्भनाथ नगरपालिका वडा न. –२ शम्भुनाथ ट्राफीकका महेश कुमार भगत मिटर ब्याजको आरोपमा प्रहरी–प्रशासनबाट पिडित भएको हो । पिडित भगतले विगतमा छिमेकीहरु गेनेलाल मोची,भालसेरदेवी मोची र बलजीत कुमार चौधरीले जिल्ला प्रशासन कार्यालय सप्तरीमा मीटर ब्याजको आरोपमा निवेदन दिएको बताउनु भयो । उहाँका अनुसार गेने लाललाई गत २०७५ साउन १७ गते ४ लाख ५ हजार,भालसेरलाई २०७२ भदौ ८ गते र बलजीतलाई २०७३ साउन २६ गते ५४ हजार रकम दिएर २ कटटा जग्गा राजीनामा गराएको आईतवार पत्रकार महासधमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन ।
उहाँले आफनो रकम असुल उपर गर्न सप्तरी जिल्ला अदालतमा मुदा चली रहेको बताउनु भयो । आफुले गाउँ घरमा लेनदेनको अधारमा रकमदिनुको साथै जग्गा मालपोतवाट राजीनामा गरी लिएको कुरा पत्रकार सममेलनमा बताउनु भयो । उहाँले आफु माथी मीटर ब्याजको आरोप मुदाको वारेमा जिल्ला प्रशासन कार्यालयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिहले मानसिक यातना दिएको बताउनु भयो । सोही कार्यालयका प्रहरीले हत्कडी लगाएर शारिरीक यातना दिएको समेत आरोप लगाउनु भयो । आफनो यति बैला जिल्ला अदालतमा रकम लेनदेन मुदा चली रहेको पत्रकार सम्मेलनमा बताउनु भयो ।

प्रकाशित मिति: २०२३-०८-०६ , समय : १९:४७:११ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्