जिल्ला प्रशासन कार्यालय सप्तरीको जग्गा खाली गर्न सात दिने सुचना
मिति: २०२३-०८-०६ , समय : १९:३७:१४ , गामघर डेस्क
मिति: २०२३-०८-०६ , समय : १९:३७:१४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले जग्गा खाली गर्न सात दिने सुचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीको नाममा रहेको जग्गा अतिक्रमण गरी बनाइएको घर,टहरा सात दिन भित्र हटाउन आग्रह गरेको छ ।
राजबिराज नगरपालिका वडा नं. ७ मा अवस्थित जिल्ला प्रशासन कार्यालय सप्तरीको नाममा रहेको जग्गामा अतिक्रमण गरी घर,टहरा निर्माण गरी र हटिया समेत संचालन गरी रहेको पाईएको हुँदा उक्त जग्गामा निर्माण भएका घर,टहराहरु लगायत अन्य संरचनाहरु स्थानीय प्रशासन ऐन २०२८ बमोजिम ७ (सात) भित्र हटाउनको लागि जारी गरिएको सुचनामा उल्लेख छ । सो बमोजिम नभएको खण्डमा नियमानुसार कारवाही हुने सुचना मार्फत जानकारी गराइएको छ ।
प्रकाशित मिति: २०२३-०८-०६ , समय : १९:३७:१४ , १ वर्ष अगाडि