सप्तरीमा ट्रान्सर्फमर चोरी,प्रहरी प्रशासन मोन….
मिति: २०२३-०८-०५ , समय : १९:०४:५१ , गामघर डेस्क
मिति: २०२३-०८-०५ , समय : १९:०४:५१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको अग्नीसाईर खानेपानी योजनाको विधुत ट्रान्सर्फमर चोरी भएको प्रहरीले जनाएको छ । जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित मन्दिर जानेबाटोमा रहेको ट्रान्सर्फमर शुक्रबार राती चोरी भएको हो ।
खानेपानी योजनाको विधुत पोलमा जडान गरि राखिएको ट्रान्सर्फमर शुक्रवार राती चोरी भएको वडाध्यक्ष पशुपति प्रसाद चौधरीले वताउनु भयो ।
ट्रान्सर्फमर खोलेर भित्र रहेका तामाको धातु चोरी गरि लगेको उहाँले बताउनु भयो । ट्रान्सर्फमरमाथी तामाको धातु छोपिएको भाग बेवारिसे छोडेको अवस्था रहेको उहाँले जानकारी दिनुभयो । ट्रान्सर्फमर चोरी भएको स्थानीयले खबर गरेपछि प्रहरीलाई बोलाएर अनुसन्धान अगाडि बढाएको उहाँले बताउनुभयो ।
ट्रान्सर्फमर चोरीको घटनामा संलग्नहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ । चोरीको प्रकृति हेर्दा विधुत सम्बन्धि तालिम प्राप्त व्यक्तिको संलग्नतामा चोरी भएको इलाका प्रहरी कार्यालय महुलीका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक सुमन महात्मान गिरिले बताउनु भयो । उहाँका अनुसार ट्रान्सर्फमर खोल्न आधुनिक उपकरणको प्रयोग भएकोले शंकास्पद व्यक्तिहरुलाई घेराभित्र राखेर अनुसन्धान अगाडि बढाएको जानकारी सञ्चारकर्मीहरुलाई दिनु भएको छ ।
उक्त ट्रान्सर्फमर जडान गर्न ५ लाखभन्दा बढी बजेट खर्च भएको अग्नीसाईर खानेपानी योजनाले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०८-०५ , समय : १९:०४:५१ , १ वर्ष अगाडि