सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनेसम्म एमालेले राष्ट्रियसभा बैठक चल्न नदिने
मिति: २०२३-०८-०३ , समय : १५:३९:०४ , गामघर डेस्क
मिति: २०२३-०८-०३ , समय : १५:३९:०४ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डौ । राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवराेध कायमै राखेकाे छ । एमालेको अवरोधपछि आजको बैठक स्थगित भएको हो । राष्ट्रियसभाको अर्को बैठक अब यही साउन २२ गते सोमवार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।
आजको बैठक शुरु हुनेबित्तिकै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै विरोध जनाउनुभयो । ‘सुन तस्कारी प्रकरणबारेमा सत्यतथ्य छानबिन गरी यर्थाथ बाहिर ल्याउनुपर्छ’, उहाँले भन्नुभयो, ‘दोषीलाई छानबिन गरी कानुनी दायरामा नल्याएसम्म संसद् चल्न सक्दैन, सरकारलाई सत्यतथ्य बाहिर ल्याउन आग्रह छ ।’ उहाँले यही साउन ३ गते एक क्विन्टलभन्दा बढी सुन नेपाल भित्रिएको विषयलाई हलुकारूपमा हेर्न नहुने बताउनुभयो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुन तस्कारका विषयमा संसद्को गम्भीर ध्यानाकर्षण भएको तथा यो विषय छलफल र संवादबाट समाधान गर्न पटक–पटक आग्रह गर्नुभयो । उहाँले नागरिकसमक्ष आफ्ना कुरा राख्नका लागि शून्य समय, विशेष समय भएको र त्यसमार्फत भनाइ राखेर संसद् सञ्चालन हुन दिन आग्रह गर्नुभएको थियो । अध्यक्ष तिमिल्सिनाको आग्रहपछि पनि एमालेले अवरोध जारी राखेपछि आजको बैठक स्थगित भएको हो ।
प्रकाशित मिति: २०२३-०८-०३ , समय : १५:३९:०४ , १ वर्ष अगाडि