मधेश प्रदेशबाट एक वर्षमा लागूऔषधसहित १३ सयभन्दा बढी मानिस पक्राउ
मिति: २०२३-०८-०२ , समय : १४:०८:५५ , गामघर डेस्क
मिति: २०२३-०८-०२ , समय : १४:०८:५५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेश प्रदेशमा एक वर्षमा लागूऔषधसहित १ हजार ३०४ जना पक्राउ परेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा प्रदेशको विभिन्न ८ वटा जिल्लाबाट १ हजार २७० पुरुष र ३४ जना महिला पक्राउ परेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार लागूऔषध सम्बन्धित ९३७ वटा मुद्दा दर्ता हुँदा यति मानिस पक्राउ परेका हुन् ।
प्रहरीले एक वर्षको अवधिमा गाँजा ५ क्विन्टल ६८५.९४१ ग्राम, ब्राउन सुगर ४५५ ग्राम ९७८ मिलिग्राम, चरेस १५४ केजी ८१८ ग्राम ४३७ मिलिग्राम, हिरोईन ७१४ ग्राम ८८३ मिलिग्राम बरामद गरिएको छ ।
यस्तै, डाईलेक्स डिसी ५ हजार १९ लिटर, ट्याब्लेट ६७ हजार ६२३ पिस र इन्जेक्सन ६५ हजार ३५६ पिस बरामद गरिएको हो । टुडेपाटी
प्रकाशित मिति: २०२३-०८-०२ , समय : १४:०८:५५ , १ वर्ष अगाडि