राजविराज नगरपालिकामा निर्माणाधिन संरचना निर्माण सम्पन्न गरे पछि प्लट अगाडिको १० फिटे संरचना हटाइने
मिति: २०२३-०७-२८ , समय : १४:१९:१३ , गामघर डेस्क
मिति: २०२३-०७-२८ , समय : १४:१९:१३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको सदरमुकाम राजविराज हाट बजार संघर्ष समितिले निर्माणधिन संरचनाको निर्माण सम्पन्न गरे पछि प्लट अगाडिको १० फिटे संरचना हटाइने प्रतिबद्घता ब्यक्त गरेका छन । समितिका संयोजक संतोष कुमार साह नेतृत्वमा शुक्रवार पत्रकार महासंधमा पत्रकार सम्मेलन मार्फत सो प्रतिबद्घता ब्यक्त गरेको हो । समितिका संयोजक साहले निर्माणधिन संरचना निर्माण सम्पन्न गरे पछि आफुहरु हटियाको प्लट अगाडि रहेको १० फिटे संरचना हटाउने प्रतिबद्घता जनाउनु भयो । उहाँले राजविराज नगरपालिकाले एकतर्फी हटियाको संरचना हटाउने निर्णयले आफुहरु मारमा परेकोले पहिला निर्माणधिन संरचना निर्माण सम्पन्न गरे पछि आफुहरु हटियाको प्लट अगाडि रहेको १० फिटे संरचना हटाउने आफुहरु तयार रहेको बताउनु भयो । सोही अवसरमा स्थानीयबासी विन्देशर प्रसाद साहले आफुहरुले २०४४ सालदेखि हकभोग गर्दै आएको जग्गामा निर्माण गरिएको संरचनालाई अतिक्रमण भएको भन्न नमिल्ने बताउदै हामीले कानुन बमोजिम हटियाको जग्गा भोगचलन गर्दै आएको बताउनु भयो । उहाँले नगरपालिकाले सूचनासम्म जारी नगरी जग्गाखाली गर्न दुई दिनको समय दिनु अव्यावहारिक रहेको बताउदै हामी यस्तो निर्णयलाई मान्दैनौं बताउनु भयो । नगरपालिकाले बल प्रयोग गरी संरचना हटाउने भएमा आफुहू प्रतिकारमा उत्रीने बताउनु भयो । उहाँले छलफल तथा समवन्य नगरी ७ नम्बर वडा कार्यालयले बिहिवार सूचना प्रकाशित गरि दुईदिन भित्र हटियाको प्लट अगाडि रहेको १० फिटे संरचना हटाउने सूचना गरेको भन्दै गुनासो गर्नु भयो ।
उहाँले विक्रम सम्बत १९९९ सालमा राजविराज बजारको बसोबास तथा स्थापना भएको थियोे, त्यस बेला ६० विगाहाको प्लटमा भारतको जयपुर शहरको नक्शा अनुरुप प्लटिङ गरि इच्छुक व्यक्तिलाई उक्त प्लट वितरण गरिएको जानकारी समेत दिनु भयो । त्यस्तै टाउन प्लटिङ गर्दा त्यस बखतको नाप नक्सा अनुसार हटियाको प्लट सबैभन्दा सानो हुन गएकोले २०४४ सालमा तत्कालीन नगर पन्चायतको नगरसभाबाट हटिया प्लट अगाडिको १० फिट जग्गा हटियाबासीलाई स–शुल्क दिने निर्णय अनुरुप सो जग्गाको कर तिर्दै उपयोग गर्दै आईरहेकाले नगरपालिकाको कुनै जग्गा अतिक्रमण नगरेको जानकारी दिनु भयो ।
त्यस्तै स्थानिय शिवनारायण साहले टाउन प्लानिङ्ग गरि बनाएको त्यस बखतको हटियाको चारैतिरको जग्गा वितरण गरिएको थियो भने प्लटहरुको विचको जग्गा खाली मैदान भनी त्यस बखतको नक्शामा उल्लेख रहेको सो खाली मैदानमा खुल्ला हाट बजार लाग्ने गरेको अबस्थामा ५/६ बर्ष अगाडि राजविराज नगरपालिकाले स्थानीय सरोकारवालाहरुसंग कुनै समवन्य नगरी एकतर्फी हचुवा तरिकाले उक्त खाली मैदानमा ३ सय सटर भएको अबैध संरचना निर्माण गरिएको बताउनु भयो । विगतमा तीन हजार ढकिया चट्टी अटाउने साना व्यापारीलाई विस्थापित गरेर बिना शौचालयको ३ सय सटर निर्माण गर्दा राजविराज नगरपालिकाले आफैंले सार्वजनिक बाटोघाटो मिचेर नक्शा पास नगरी बनाएको संरचना आफै अबैध रहेकोले निर्माणधिन संरचना वातावरण मैत्री समेत नरहेको जानकारी गराउनु हुदै उक्त अबैध संरचना हटाउन पत्रकार सम्मेलनमा माग गर्नु भयो ।
उहाँले हटिया बासीलाई कुनै जानकारी नदिई एक्कासि दुईदिने अल्टिमेटमसहित वडा कार्यालयले सूचना जारी गरेको भन्दै घोर आपत्ति जनाउदै बुधवार राजविराज वार्ड नम्बर ७ वडा कार्यालयले सूचना प्रकाशित गरि दुई दिन भित्र हटिया प्लट अगाडि रहेको दशफिटे संरचना हटाउन सूचना जारी गरेको आरोप लगाउनु भयो ।
यस सम्बन्धमा राजविराज नगरपालिकाका कार्यबाहक प्रमुख इसरत परविनले पटक पटक अबैध हटिया बजार क्षेत्र लगायतमा बनाएको अतिक्रमीत संरचनाहरु हटाउन सुचना जारी गरी हटाउन आग्रह गरे पनि नहटाएकोले बाध्य भएर बल प्रयोग गरी हटाउने बताइन ।
प्रकाशित मिति: २०२३-०७-२८ , समय : १४:१९:१३ , 2 years अगाडि