सप्तरीमा एक युवककाे हत्या… अर्का युवक गम्भीर घाइते

मिति: २०२३-०७-२८ , समय : १०:२८:२९ , शुभ नारायण यादब

तस्बिर : कमल मण्डलकाे फेसबुक वालबाट

शुभ नारायण यादब

राजविराज । सप्तरीमा भएको गेङ् फाइटमा एकजना युवककाे हत्या भएको छ भन्ने अर्का युवक गम्भीर घाइते भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.-१० इनर्वामा स्थानीय २१ वर्षीय तिर्थ नारायण मण्डलको शव शुक्रवार बिहान घर नजिकै हिलोमा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

स्थानीय २१ वर्षीय मण्डलको शव शुक्रवार बिहान घर नजिकै हिलोमा फेला परेको र अजय कुमार मण्डल नामका अर्का युवक गम्भीर घाइते अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता नरेशकुमार सिंहका अनुसार घटनास्थलको प्रकृति हेर्दा युवकको हत्या नै भएको देखिन्छ । अर्का युवक घाइते छन् । घटना कति बेलाको हो त्यो खुल्न सकेको छैन,’ बताउनुभयो ।


उहाका अनुसार स्थानीयले आज बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे बिस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार घाइते युवककाे तत्काल राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको तथा घटनाको अावश्यक थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।

प्रकाशित मिति: २०२३-०७-२८ , समय : १०:२८:२९ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित