ऋणिको मुख्य विषय नै नबुझि सप्तरीका सिडियाेले गराए जबरजस्ती मिलापत्र

ऋणिलाई थप पिडा... साहुलाई मोज....पिडित न्याय माग्न मिडियामा

मिति: २०२३-०७-२६ , समय : १८:१५:४४ , रुपेश कुमार यादव

रुपेश कुमार यादव

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले मिटिर ब्याज पिडितलाई थप पिडा दिईरहेको पाईएको छ । अनुचित लेनदेन शाखाले मिटर ब्याजका पिडितलाई नै दबाव दिई साँवाको ब्याज ब्याजको ब्याज जोडि बनाईएको सावाँ बराबरको तमसुकलाई नै सदर मानी ऋणिलाई दोषी ठहर गरी जब्बरजस्ति मिलापत्र गराइदिएको पिडितले आरोप लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीको अनुचित लेनदेन शाखाले ऋणिको मुख्य विषयनै नबुझि साँवाको ब्याज ब्याजको ब्याज जोडी बनाईएको सावाँ बराबरको तमसुकलाई नै सदर मानी ऋणिलाई दोषी ठहर गरी जब्बरजस्ति मिलापत्र गराइदिएको पिडितले आरोप लगाएको छ ।

छिन्नमस्ता गाउँपालिका वडा नं. ४ बस्ने रामानन्द कुमार यादवले अनुचित लेनदेन भएको निवेदन जिल्ला प्रशासन कार्यालय सप्तरीमा दिएपछि उल्टै पिडितलाई नै दोषी ठहर गरी पिडितलाई जिल्ला प्रशासन कार्यालयकै थुना कक्षमा थुनामा राखी डरत्रास दिई मिलापत्र गराएको पिडितले बताए ।

पिडित रामानन्द कुमार यादव बैदेशिक रोजगारका क्रममा कतारमा हुदाँ सँगै बस्ने धनुषा जिल्ला सबैला नगरपालिका–५ निवासी रुपेश कुमार यादवसँग आवश्यक परेका बेला विदेशमै विभिन्न समयमा कटारी रियाल रु.७ हजार रियाल(नेरु.२ लाख दश हजार) नगद रकम दिनको एक हजारमा ५० रियालका दरले ब्याजमा ऋण लिएको यादवको भनाई छ ।

विदेशमै हुदाँ ऋण लिएको ३ महिना पछि साहु रुपेश कुमार यादवले ऋण माग्न थालेपछि तुरुन्तै तिर्न नसक्ने रामानन्द कुमार यादवले साहुलाई सुनाए ।

त्यसपछि साहु रुपेश कुमार यादवले दिनको ब्याज एक हजारमा ५० रियालको दरले ३ महिनामा नै ३१ हजार ५ सय रियाल र साँवा ७ हजार गरी ३८ हजार ५ सय(नेरु.११ लाख ५५ हजार) भएको ऋणिलाई हरहिसाब गरेर सुनाए ।

तुरुन्तै ऋण तिर्न सके तिमिले पाउँने सालेरीको एटिएम कार्ड नै मलाई बुझाउँ भनेर साहु रुपेश कुमार यादवले ऋणिलाई दवाव दिई दिन थाले, र त्यसबाट नै महिनाको तिम्रो खानेबस्ने खर्च मैले नै दिने सम्झदारीमा ऋणिसँग साहुले सेलेरीको एटिएम कार्ड नै जफत गरेको पिडितले बताए ।

एटिएम कार्ड लिएपछि साहु रुपेश कुमार यादवले ६ महिना सम्म २२ सय(नेरु.६६ हजार) पाउने स्यालेरी रकमको ५ सय रियाल रामानन्दलाई दिई बाकीँ १७ सय रियादको हिसाबले दश हजार दुई सय रुपैया रियाल(नेरु.३ लाख ६ हजार) साहु रुपेश कु्मार यादवले ६ महिनामा एटिएम बाटनै लिईसकेको पिडित रामानन्द यादवको भनाई छ ।

६ महिना पछि वैदेशिक रोजगारबाट विदामा दुबैजनासँगै घर फर्के पछि काठमाडौँको एक होटलमा ऋणको हरहिसाब गर्दा साहु रुपेश कुमार यादवले दिनका एक हजारमा ब्याज ५० रियालको दरले ३ महिनामा ३१ हजार ५ सय रियाल र सावाँ ७ हजार कटारी रियाल गरी ३८ हजार ५ सय(नेरु.११ लाख ५५ हजार) भएको ऋणिलाई हरहिसाब गरेर सुनाए ।

त्यस मध्ये तिम्रो एटिएमबाट १० हजार २ सय रियाल एटिएमबाट झिकिसकेको र बाँकी २८ हजार ३ सय रियाल(नेरु. ८ लाख ४९ हजार) तिर्न भनेपछि अहिले नै तिर्न नसक्ने ऋणिले भने पछि काठमाडौँ मै ऋण तिर्न दवाव दिन थालेपछि पिडितसँग रहेको सुन विक्री गरी फेरी नेपाली रकम रु. १ लाख ५० हजार दिएपनि ऋण बाकीँनै रहेको साहुले सुनाए । साहुका हिसाब अनुसार अब नेपाली रकम ८ लाख ४९ हजार रहेको हिसाब गरेका ऋणिलाई फेरी सुनाए ।

त्यसपछि बाकीँ ऋणको विश्वास स्वरुप कपालि तमसुक ४९ हजार छुट गरेर भएपनि गरिदिन साहु रुपेश कुमार यादवले ऋणि रामानन्द यादवलाई दवावपूर्ण ढंगले भनेपछि ऋणिले पनि कपालि गरिदिने स्विकार गरे ।

साहु रुपेश कुमार यादवले पूर्व योजना अनुसार घरबाट दाई र कपालि लेख्न लेखनदारलाई सँगै लिएर काठमाडौँ मै भाईलाई लिन आएको बहानामा ऋणि रामानन्द यादवलाई बहलाईभुसलाई सावाँको ब्याज, ब्याजको ब्याज जोडि फेरी साँवा बनाई २ वटा कपालि तमसुक ४,४ लाखको २ वटा तमसुक एउटा आप्mनो नाममा र अर्को दाईको नाममा रकमको ४ गुणा ( ८ लाखको ४,४ बनाई दुईटा तमसुक बराबर ३२ लाख) गरी २०७१ सालमा नै गरिलिएको पिडित रामानन्द कुमार यादवले आरोप लगाएका छन् ।

त्यसपछि ९ वर्ष वितिसक्दा समेत कुनै खाले कानुनी प्रक्रिया नअपनाईको साहुले जनकपुर अदालतमा कपालि तमसुकको असुलउपरको मुद्दा लगाएपछि पिडित न्याय खोज्न भौतारिन थाले । त्यसबखत सम्म यो मिटर ब्याज, अनुचित लेनदेन हो, भनि नजानेका रामानन्द कुमार यादवले आफु माथि अन्याय भएको महसुस गरेपछि मिटर ब्याजको निवेदन जिल्ला प्रशासन कार्यालय, राजविराज सप्तरीमा दिए ।

त्यसपछि विभिन्न समयमा छलफल पछि अनुचित लेनदेन शाखाले मिलापत्र गर्नु पर्छभनेर पिडितको मुख्य विषयको कुरा नै नबुझि दवावपूर्ण तरिकाले मुद्दा चलाइदिने, थुनामा राखिदिने भनेपछि पिडिले ७ गते आईतबार मिलापत्र गरेर फर्केपछि आफु झनै अन्यायमा परेको कार्यालय माथि आरोप लगाएका छन् ।

यादवका अनुसार मैले बैदेशिक रोजगारकै क्रममा विभिन्न समयमा लिएको ७ हजार रियाल (नेरु. २ लाख १० हजार) बराबर १० हजार २ सय रियाल (३ लाख ६ हजार)एटिएम मार्फत साँवा रकम भन्दा बढि ३ हजार २ सय कतारि रियाल तिरिसकेको हुनाले अब तिर्न के बाँकि रहयो भनि न्याय खोज्दै न्यायिक निकायमा भौतारी रहेपनि न्याय नपाएको आरोप लगाए ।

संशोधन गरिएको मुलुकी अपराध संहिताको दफा २४९(क)को अनुचित लेनदने गर्न नहुने उपदफा(ग) बमोजिम लेनदेन गर्दाकै बखतमा ब्याज रकम समेत साँवामा जोडि लिखत तयार गर्ने पनि अनुचित लेनदेन भएको कानुन रहेको छ ।

प्रकाशित मिति: २०२३-०७-२६ , समय : १८:१५:४४ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित