सप्तरी प्रहरीद्वारा अबैध लागूऔषधसहित युवक पक्राउ

मिति: २०२३-०७-२६ , समय : १५:२८:३८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरी प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका वडा न. ६ महुलि बजार स्थित गोप्य सूचनाको अधारमा इलाका प्रहरी कार्यालय महुली र इलाका प्रहरी कार्यालय कंचनपुरको संयुक्त प्रहरी टोलिले पैदल यात्री स्थानीय २२ वर्षीय मो. अजादलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

युवकलाई चेकजाँच गर्दा उनको सथमा रहेको झोलाबाट डाईजेपाम १६ पिस एम्पुल, लिजेसिक २४ पिस एम्पुल, फेनारगन १७ पिस एम्पुओल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

यता साे सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०७-२६ , समय : १५:२८:३८ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित