मधेश प्रदेश : १९ राउन्ड गोलीसहित एक भारतीय पक्राउ

मिति: २०२३-०७-२४ , समय : १५:३२:३८ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर ।
मधेस प्रदेशबाट पर्सा प्रहरीले शर्टगनमा प्रयोग हुने १९ राउण्ड गोलीसहित एक जना भारतीय युवक पक्राउ परेका छन् ।

जिल्लाको वीरगन्ज महानगरपालिका-८ भानुचोकबाट भारत बिहार पश्चिम चम्पारण लगुन्नाह बस्ने २२ वर्षीय मुरारी कुमारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्न खोज्दा बोकेको झोला फाली भागे पश्चात् झोला तलासी गर्दा उक्त गोली फेला परेको थियो ।

तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनको खोजी गर्ने क्रममा सोही महानगरपालिकास्थित प्रभु अस्पताल नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०७-२४ , समय : १५:३२:३८ , 2 years अगाडि