सप्तरीमा ठूलो वर्षा : नदी तटीय क्षेत्र र होचा ठाउँमा सतर्कता अपनाउन आग्रह

मिति: २०२३-०७-२४ , समय : ११:५२:१४ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । सप्तरीको फत्तेपुर र आसपासको क्षेत्रमा ठूलो पानी परेको छ । पछिल्लो ३ घण्टामा फत्तेपुर र आसपासको क्षेत्रमा ठूलो पानी परेको हो ।

बाढी पूर्वानुमान महाशाखाले ती क्षेत्र भएर बग्ने खोलामा आकस्मिक बहाव आउन सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै, आज बिहान इलामको बारफल्याङ र आसपासको क्षेत्रमा पनि ठूलो पानी परेको महाशाखाले जनाएको छ ।

झापाको बिरिङलगायतका खोलामा बाढी आउन सक्ने जोखिम छ । ती क्षेत्रमा पनि सतर्कता अपनाउन अनुरोध गरिएको छ । आज कोशी, बाग्मती र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ ।

काठमाण्डौ उपत्यकाका केही ठाउँमा हिजो बेलुका मुसलधारे वर्षा भएको थियो । मनसुन सक्रिय नै रहेकाले आज पनि काठमाण्डौ उपत्यकाका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयाे ।

प्रकाशित मिति: २०२३-०७-२४ , समय : ११:५२:१४ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित