सप्तरीका ४ पालिकाले अझै गर्न सकेन गाउसभा …..स्थानीय जनप्रतिनिधिहरु कानुन मिच्दै
मिति: २०२३-०७-२२ , समय : १५:२१:०२ , गामघर डेस्क
मिति: २०२३-०७-२२ , समय : १५:२१:०२ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
स्थानीय सरकार संचालन ऐन २०७४ लाई खिल्ली उडाउदै सप्तरीका चार पालिकाले अहिले सम्म नगर/गाउँ सभामा गर्न सकेका छैनन । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार स्थानीय तहहरुलाई अगामी आर्थिक वर्षको बजेट अषाढ १० गतेसम्म नगर/गाउँ सभामा प्रस्तुत र अषाढ मसान्त भित्र सभाबाट स्विकृत गर्नुपर्ने प्रावधानलाई चार वटा पालिकाले आत्मसात नगरी कानुनलाई समेत मिच्दै आएको स्थानियको आरोप छन ।
जिल्लाका चार स्थानीय तहले यस कानुनको वेवास्ता गरेको देखिएको हो । आर्थिक वर्ष २०८०/०८१ सुरु भइसक्दा समेत अझै जिल्लाको राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, कञ्चनरुप नगरपालिका र रुपनी गाउँपालिकाले बजेट ल्याउन सकेको छैन् ।
कानुनले तोकेको समयमा बजेट ल्याउन नसकिएको बारे जानकारी माग्दा रुपनी गाउँपालिका प्रमुख दिनेशप्रसाद यादवले आपसी तालमेल नमिल्दा गाउँसभा हुननसकेको हो, हामी तयारीमा छौं एक महिनाभित्र बजेट सार्वजनिक हुने बताउनु भयो ।
त्यस्तै हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझी ,राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन र कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले साउन मसान्त भित्र बजेट सार्वजनिक हुने बताउनु भयो । नगर / गाउँ सभाको वातावरण बनाउनमा आफुहरु लागेकोले साउन मसान्त भित्रमा हुनेमा आफुहरु विश्वस्त रहेको प्रतिक्रिया दिनुभयो ।
प्रकाशित मिति: २०२३-०७-२२ , समय : १५:२१:०२ , १ वर्ष अगाडि