ग्रीसमा दुईवटा रेल ठोक्किँदा २६ जनाको मृत्युु , ८५ जना घाइते
मिति: २०२३-०३-०१ , समय : ०९:०५:४३ , गामघर डेस्क
मिति: २०२३-०३-०१ , समय : ०९:०५:४३ , गामघर डेस्क
गामघर डेस्क
एजेन्सी ।
ग्रीसमा दुईवटा रेल ठोक्किँदा कम्तिमा २६ जनाको मृत्युु भएको छ । भन्ने ८५ जना यात्रु घाइते भएका छन् । मध्य ग्रीसको टेम्पे सहर नजिक यात्रुबाहक र मालबाहक दुईवटा रेल एकआपसमा ठोक्किएका हुन् ।
यात्रुबाहक रेल एथेन्सबाट उत्तरी सहर थेस्सालोनिकी जाँदै गरेको तथा मालबाहक रेल थेस्सालोनिकीबाट लारिसाका लागि छुटेको थियो । दुर्घटनामा रेलका डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो ।
यता आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए । दुई वटा रेल आपसमा ठोक्किनुको कारण खुल्न नसकेको थेसाली क्षेत्रका गभर्नर कोन्स्टान्टिनोस अगोरास्टोसलाई उद्धृत गरी समाचार संस्था द गार्जियनले जनाएको छ । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०३-०१ , समय : ०९:०५:४३ , २ वर्ष अगाडि