सप्तरीमा बिडी नदिएको झोकमा एक जनाकाे हत्या, हत्या गर्ने हत्यारा पक्राउ

मिति: २०२३-०७-२० , समय : १४:४३:१३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
बिडी नदिएको झोकमा सप्तरीमा एक युवकले मागिखाने व्यक्तिकाे हत्या गरेको खुलेको छ ।
सप्तरी कंचनरुप नगरपालिका वडा न. ८ बेरियर चौकमा रहेको बस बिसौनीको प्रतिक्षालयमा गत असार ३१ गते बिहान परिचय नखुलेको मागि खने अन्दाजी ६०/६५ वर्षीय पुरुषको शव फेला परेको थियो ।
उनको हत्या बिडी नदिएको झोकमा एक युवकले गरेको खुलेको हो ।
उनको हत्यामा कञ्चनरूप नगरपालिका १० बदगमा टोलका २८ वर्षीय मनोज पासवानको संलग्नता रहेको ईलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी दीपक रायले जानकारी दिनुभयो । मनोजलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
डिएसपी रायका अनुसार मागी खाने व्यक्ति प्रतिक्षालयमा सुती बिडी खाई रहेको र आफूलाई पनि खान मन लागेपछि मनोजले एउटा बिडी मागेका थिए । तर मागिखाने व्यक्तिले बिडी नदिई तथानाम गाली गलौज गर्न लागेपछि आवेगमा छेउमा राहेको बांसको लाठीले उनको टाउँकोमा चार/ पांच लाठी प्रहार गरि भागेको मनोजले बयान दिएको डिएसपी रायले जानकारी दिनुभयो । यता मनोज उपर कर्तव्य ज्यान मुद्दामा कानुन बमोजिम कार्बाही गर्ने सप्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०७-२० , समय : १४:४३:१३ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्