श्रीलङ्काको संसद्ले भ्रष्टाचार विरोधी विधेयक पारित गर्याे
मिति: २०२३-०७-२० , समय : ०६:५७:१५ , गामघर डेस्क
मिति: २०२३-०७-२० , समय : ०६:५७:१५ , गामघर डेस्क
गामघर डेस्क
श्रीलङ्का ।
श्रीलङ्काको संसद्ले बुधवार विना मतदान भ्रष्टाचार विरोधी विधेयक पारित गरेको छ ।
संसद्को सञ्चार एकाइका अनुसार याे विधेयक संशोधनसहित पारित भएको हो । यसअघि याे विधेयक संविधानसम्मत छ कि छैन भनेर सर्वोच्च अदालतमा पठाइएको थियो ।
अदालतले विधेयकको मस्यौदामा संविधानसँग बाझिएका केही दफा रहेको र त्यसलाई संशोधन गरिएको जानकारी सभामुखलाई गराएको थियो ।
श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग आफ्नो देशको शासन प्रणालीमा सुधार ल्याउन र भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिअनुसार भ्रष्टाचार विरोधी नियमहरू ल्याउन गरेको सम्झौतासँग यो कानुन जोडिएको छ ।
प्रकाशित मिति: २०२३-०७-२० , समय : ०६:५७:१५ , १ वर्ष अगाडि