ललिता निवास प्रकरण : पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न ५ दिन म्याद थप
मिति: २०२३-०७-१६ , समय : १८:११:०४ , गामघर डेस्क
मिति: २०२३-०७-१६ , समय : १८:११:०४ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । बालुवाटारमा रहेकाे ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपीलाई आज आइतवार काठमाण्डाै जिल्ला अदालतमा पेस गरेकोमा अदालतले थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।
यस प्रकरणमा प्रहरीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसरकारी कर्मचारीसहित १७ जनालाई पक्राउ गरेको छ । उनीहरूविरुद्ध मुलुकी ऐन २०२० को किर्तेसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
विसं २०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो । यसअघि सीआईबीले अनुसन्धान सकेर तीन सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन फिर्ता गरेको थियो ।
त्यसपछि अहिले पुनः सीआईबीले अनुसन्धान थालेको हो । आरोपीमध्ये १७ जनाले थुनाबाहिर राखेर अनुसन्धान गर्नुपर्ने गरी सर्वाेच्चबाट अन्तरिम आदेश ल्याएपछि सीआईबीले त्यसको खारेजीको मागसहित भ्याकेट निवेदन दिएको छ । केही आरोपीहरूले भने बन्दी प्रत्यक्षीकरणको रिट दिएका छन् । उज्यालो
प्रकाशित मिति: २०२३-०७-१६ , समय : १८:११:०४ , १ वर्ष अगाडि