मनकामना बहुमुखी सहकारीका एक कर्मचारीले २८ लाख रकम अनियमितता गरेको खुलासा….
मिति: २०२३-०२-२८ , समय : २१:२४:०७ , गामघर डेस्क
मिति: २०२३-०२-२८ , समय : २१:२४:०७ , गामघर डेस्क
गामघर डेस्क
सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुरस्थित रहेको मनकामना बहुमुखी सहकारी संस्थाको २८ लाख रकम एक कर्मचारीले अनियमितता भएको खुलासा भएको छ । सहकारीको दुग्ध संकलक कर्मचारी पूर्ण प्रसाद धमलाले सहकारीको २८ लाख २३ हजार चार सय २४ रुपैया ३३ पैसा रकम चलाइ मासेको र सस्था लाइ बुझाउनु पर्ने रकम नबुझाएको सहकारीले एक बिज्ञप्ती मार्फत जनाएको छ । धमलाले सहकारीको २०७० सालदेखि पटक पटक कर्मचारीको हैसियतले लिएको ऋण,तसामिको सिलसिलामा तिर्नुपर्ने रकम,चोकर बिक्रि,दुग्ध बिक्री तथा अन्य सामान बिक्री बापतको बुझाउनुपर्ने रकम उनले नबुझाएको र उल्टै सस्थाको विरुद्ध मा सप्तकोसी नगरपालिकाको न्यायिक समिती मा मुद्दा हालेको र न्यायिक समिति मा दुबै पक्ष बिच छलफल हुँदा धमाला ले उक्त रकम तिर्नु पर्ने देखिएको हुँदा २ महिना भित्र रकम बुझाउने सहमति गरेको भएता पनि सहमति बमोजिम रकम न बुझाइ सामाजिक संजाल मा सस्थाले जबर्जस्ति पैसा मासेको भन्ने कागज गराएको भन्दै सस्थाको बदनाम गर्दै हिडेको प्रति सस्थाको ध्यानाकर्षण भएको बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
पुर्ण प्रसाद धमला आफुले चलाइ मासेको रकम सस्था मा बुझाउने पटकपटक बाखा राखे पनि पैसा जम्मा गर्नुको सट्टामा उल्टै सस्थाका ब्याबस्थापक र सहायक ब्याबस्थापक को नाम जोडेर आत्महत्या गर्ने तेसको जिम्मा लिनु ब्याबस्थापक र सहायक ब्याबस्थापकले लिनु पर्ने भन्दै सामाजिक संजालमा लेखेको र तेसको जिम्मेवारी सस्थाले नलिने बिज्ञप्ती मा उल्लेख गरिएको छ।
प्रकाशित मिति: २०२३-०२-२८ , समय : २१:२४:०७ , २ वर्ष अगाडि