सप्तरीमा असारे बिकास : भुक्तानी नपाएपछि राजविराज नगरपालिकामा तेश्रो दिन पनि तालाबन्दी र धर्ना जारी
मिति: २०२३-०७-१२ , समय : १९:०३:५३ , गामघर डेस्क
मिति: २०२३-०७-१२ , समय : १९:०३:५३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजविराज नगरपालिकामा विभिन्न निर्माण काम गरेवापतको रकम भुक्तानी नपाएपछी उपभोक्ता सिमिति तथा निर्माण व्यवसायीहरुले बुधवार पनि तालाबन्दीका साथै धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
सोमवारदेखी राजविराज नगरपालिका कार्यालयमा तालाबन्दी गरी धर्नामा वसेका उपभोक्ता समिती तथा निर्माण व्यवसायीहरुले बुधवार पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् ।
नगरपालिका मार्फत भएका सडक, नाला, प्रवेशद्वार, सामुदायीक भवन लगायत विभिन्न योजनाको काम गरेवापत भुक्तानी नपाएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन् ।
उपभोक्ता समितीका अध्यक्ष मध्येका अनिल देवले तिन दिन देखी आफुहरु आन्दोलनमा वस्दा पनि नगरपालिकाका पदाधिकारीहरुले कुनै चासो नदेखएको गुनासो पोख्नु भयो । आफुहरुले काम गरेवापतको रकम भुक्तानी पाउने पर्ने एक सुत्रिय मागका साथ आन्दोलनमा उत्रिएका उनीहरुले यस्तै वेवास्ता गरिराख्ने हो भने अनसनमा उत्रिने समेत चेतावनी दिएका छन् ।
भुक्तानीको अन्तिम समय आईतबार मध्यराती सम्म भुक्तानी नभएका कारण नगरपालिका मार्फत गरिएका काम मध्ये करिब १० करोड भन्दा बढीको भुक्तानी बाकी रहेको नगरपालिकाले जनाएको छ ।
यता तिन दिन देखी नगरपालिका कार्यालय बन्द गरी धर्ना दिइदा नगरपालिकामा विभिन्न कामले आएका सेवाग्राही भने निराश भई फर्किने गरेका छन् ।
प्रकाशित मिति: २०२३-०७-१२ , समय : १९:०३:५३ , 2 years अगाडि