मधेश प्रदेशः नेकपा एमालेद्वारा प्रदेशसभा बैठक अवरुद्ध
मिति: २०२३-०७-०८ , समय : १५:४७:०५ , गामघर डेस्क
मिति: २०२३-०७-०८ , समय : १५:४७:०५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
नेकपा एमालेले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
प्रदेश सरकारले बजेट ल्याएको २३ औँ दिनमा बसेको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवको जवाफ माग्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।
बजेट भाषण सकेपछि अर्थमन्त्री संजयकुमार यादवले रकमान्तर गरेर आफ्नो क्षेत्रमा बजेट लगेको भन्दै विरोध जनाउँदै मुख्यमन्त्रीको तर्फबाट जवाफ नआएसम्म बैठक चल्न नदिने एमालेका प्रमुख सचेतक लखनदास तत्माले बताए ।
एमालेका सांसदले बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् ।
प्रमुख सचेतक तत्माले मुख्यमन्त्री सरोजकुमार यादवसँग जवाफ माग्दै भने, ‘एमालेका मेयर भएको विदेह नगरपालिकामा सशर्त अनुदान किन नदिएको ?, बजेट भाषण भइसकेपछि पर्यटन मन्त्रालयबाट ८ करोड, सामाजिक विकास मन्त्रालयबाट २० करोड रकमान्तर भएको । सर्लाही जिल्लामा २२ वटा योजना राखेर करिब १२ देखि १४ करोड रुपैयाँ के कति कारणले राखेको ?, रेडबुकमा बिचौलियाबाट ५ देखि १० प्रतिशत कमिशत उठाएर योजना समावेश भएको सुनेको छु ?’
उनले उठाएको प्रश्नको जवाफ मुख्यमन्त्रीले नदिएसम्म बैठक चल्न नदिने चेतावनी दिए ।
यस्तै, दलका उपनेता दिपेन्द्र ठाकुरले अर्थमन्त्रीले बजेट भाषण भइसकेपछि बजेटको रकमान्तर गरेर नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए । उनले के कति कारणले बजेट सेसन अन्त्य भएपछि रकमान्तर भएको भनेर प्रश्न गरे ।टुडेपाटीबाट
प्रकाशित मिति: २०२३-०७-०८ , समय : १५:४७:०५ , २ वर्ष अगाडि