जनयुद्धका शहीद परिवारद्वारा मधेश प्रदेश सरकारको गृह मन्त्रालयमा तालाबन्दी
मिति: २०२३-०७-०२ , समय : १६:२३:५० , गामघर डेस्क
मिति: २०२३-०७-०२ , समय : १६:२३:५० , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा जनयुद्धका शहीद परिवारले तालाबन्दी गरेका छन् ।
मधेश शहीद प्रतिष्ठानले दिने घोषणा गरेको ३ लाख रुपैयाँ नदिएको भन्दै उनीहरुले मन्त्रालयमा तालाबन्दी गरेका हुन् ।
विभिन्न जिल्लाबाट आएका शहीद परिवारले मन्त्रालयमा तालाबन्दी गर्नुअघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्ने प्रयास गरेपनि मुख्यमन्त्रीसँग भेट्न पाएनन् ।
प्रदेश सरकारले गत वर्ष नै जनयुद्धमा शहीद भएका परिवारलाई किस्तावन्दीमा ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेकोमा प्रतिष्ठानले तीनवर्षसम्म एक÷एकलाख रुपैयाँ उपलब्ध गराउने कार्यक्रम अन्तर्गत यसपटक शहीद परिवारले पैसा पाएका छैनन् ।
सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको शहीदको नाम र ठेगानाको आधारमा रकम दिने भनेको छ । तर, शहीद परिवारले गतवर्ष जस्तै प्रमाण पत्रको आधार पाउनु पर्ने माग गरेका छन् ।
प्रकाशित मिति: २०२३-०७-०२ , समय : १६:२३:५० , २ वर्ष अगाडि