हुलाकी जाेडने सडक ढलान भएपछि स्थानीयहरु खुशि
मिति: २०२३-०२-२८ , समय : १०:०८:३१ , गामघर डेस्क
मिति: २०२३-०२-२८ , समय : १०:०८:३१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको महादेवा गाउँपालिका वडा न. १ स्थित चिम्टी मुसहरी टोलमा सडक दशकौ लामो पर्खाइपछि हुलाकी लोकमार्ग जोड्ने सडक ढलान निर्माण भएको छ ।
म्हादेवा गाउपालिका वडा १ स्थित चिम्टी टोल मुसहरी बस्ती,सरदार टोल हुँदै हुलाकी लोकमार्ग जोड्ने उक्त वाटो निर्माण भएपछि स्थानियवासीलाई आवत जावत गर्न सहज भएका छन । चिम्टी मुसहरी हुँदै सरदार टोलदेखी हुलाकी सडकसम्म जोडने उक्त बाटो निर्माण भएपछि स्थानियवासीलाई आवत जावत गर्न सहज भएका हुन ।
सो सडक विगत दशकौ देखी चलनचल्तिमा रहेपनि बाटो जिर्ण हुदा समस्या झेली रहेका , स्थानीयवासी लगन सदाले अहिले सडक ढलान निर्मण कार्य सम्पन्न भएपछी दशकौ देखीको स्थानियको सपना पुरा भएको बताउनु हुन्छ ।
मघेस प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालय जनकपुरधामको २५ लाखको लगानीमा पाँच मिटर चौडाई र २ सय मिटर लम्बाइ भएका उक्त सडक निर्माण कार्य सम्पन्न भएको भौतिक पुर्वाधार ईकाइ कार्यालय राजविराज सप्तरीका साईड ईनिजिनियर पुरुषोतम मालीले बताउनु भयो ।
प्रकाशित मिति: २०२३-०२-२८ , समय : १०:०८:३१ , २ वर्ष अगाडि