मधेश प्रदेश : बैँक खाताबाट ९ लाख रुपैयाँ गायब गर्ने ७ जना पक्राउ
मिति: २०२३-०६-३० , समय : १७:१०:१९ , गामघर डेस्क
मिति: २०२३-०६-३० , समय : १७:१०:१९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर ।
रौतहट प्रहरीले अनाधिकृत रुपमा बैँक खातामा पहुँच बनाई लाखौ रुपैयाँ लुट्ने गिरोहका ७ जनालाई नियन्त्रणमा लिएको छ ।
वृन्दावन नगरपालिका ३ बस्ने रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकको वृन्दावन शाखा कार्यालयमा रहेको खाताबाट ९ लाख रुपैयाँ गायब गर्ने गिरोहका ११ जनाको पहिचान भएकोमा ७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गत जेठ ५, ६ र ७ गते दैनिक ३÷३ लाखको दरले ९ लाख रुपैयाँ अन्य बैंकको खाता तथा खल्ती खातामा अनाधिकृत रुपमा ट्रान्सफर गरी ठगी गरेको घटनामा ७ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा पर्साको बिरगंज महानगरपालिका १६ नगवा बस्ने २१ वर्षीय राज नारायण चौरासिया, बिरगंज १९ केहुनी विन्दाबासनी बस्ने २१ वर्षीय महम्द मुस्तुफा हवारी, दोलखाको बैदेश्वर गाँउपालिका ५ सिमबारी टोल बस्ने २९ वर्षीय सुन्दर खड्का, काभ्रेपलान्चोकको भुम्लु गाँउपालिका ९ पिङगोला बस्ने १९ वर्षीय महेश थापा, उदयपुरको रौउतामाई गाँउपालिका २ भुट्टार बस्ने २० वर्षीय केवल रास्कोटी, सिरहाको मिर्चैया नगरपालिका ८ भगवानपुर बस्ने १९ वर्षीय दिपे सदा र गोलबजार नगरपालिका ८ चोहर्वा बस्ने २३ वर्षीय श्रवण दास रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट ६ थान मोबाईल, विभिन्न व्यक्तीहरुको विभिन्न बैंकको १५ थान एटीएम कार्ड, मोटरसाईकल १ थान र ६६ हजार नगद बरामद गरेको हो ।
पक्राउ परेकाहरुले अनाधिकृत रुपमा बैंकको खातामा पहुच पुर्याई विभिन्न व्यक्तिको खातामा रकम ट्रान्सफर गरी आर्थिक अपचलन गरेको अनुसन्धानबाट खुलेको हो । उनीहरुले अनाधिकृत रुपमा ट्रान्सफर भएको रकम एटिएमबाट गैरकानूननी तवरले निकाली आर्थिक लाभ लिने गरेका थिए । यसका साथै विभिन्न व्यक्तीहरुलाई आर्थिक प्रलोभनमा पारी खाता खोल्न लगाई खातावालाको मोबाईल अनलाईन बैकिङको युजरनेम र पास्वर्डसमेत पहुचमा लिई खाताहरुबाट रकम ट्रान्सफर गरी रकम ठगी गर्ने गरेका थिए ।
यता साे सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टुडेपाटीबाट
प्रकाशित मिति: २०२३-०६-३० , समय : १७:१०:१९ , २ वर्ष अगाडि