मधेश प्रदेशबाट मिटरब्याजी आरोपमा १५ जना पक्राउ
मिति: २०२३-०६-२९ , समय : १५:४१:०८ , गामघर डेस्क
मिति: २०२३-०६-२९ , समय : १५:४१:०८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर ।
अनुचित लेनदेन (मिटरब्याज) को आरोपमा मधेस प्रदेशको बारामा हालसम्म १५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रशासन कार्यालयको आदेशमा बारा प्रहरीले आरोपित व्यक्तिलाई पक्राउ गरेको छ
बारामा तीन हजार ३२२ उजुरीमध्ये हालसम्म २३० वटा उजुरीको छलफल भएकोमा १४९ वटा फस्र्योट भइसकेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।
जिल्ला प्रशासन कार्यालयको आदेशमा बारा प्रहरीले १५ जना आरोपित व्यक्तिलाई पक्राउ गरेको थियो।
पक्राउ परेकामध्ये कतिपय रकम मिलान र सहमति भएपछि छुटेका छन्।
धेरै उजुरी परेका कारण कार्यालयको काम नै प्रभावित हुन नदिन तीन वटा टोली बनाएर दैनिक ३० वटा उजुरीको छलफल गराउने र सहमतिमा किनारा लगाउने काम भइरहेको प्रजिअ सापकोटाले बताए ।
यता जितपुरसिमरा नगरपालिका बस्ने सिर्जना गिरी मिटरब्याज र बैङ्किङ कसुर मुद्दा अन्तर्गत पक्राउ परेकी छन्।
प्रकाशित मिति: २०२३-०६-२९ , समय : १५:४१:०८ , २ वर्ष अगाडि