ललिता निवास प्रकरण : चार जना आरोपीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
मिति: २०२३-०६-२८ , समय : १७:३८:०६ , गामघर डेस्क
मिति: २०२३-०६-२८ , समय : १७:३८:०६ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । काठमाण्डाैकाे बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा हिजो मङ्गलवार पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डाैले अनुमति दिएको छ ।
आज बुधवार न्यायाधीश वासुदेव पौडेलको इजलासले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले हिजो पक्राउ गरेका सातमध्ये तीन जनाको नाममा पहिल्यै निषेधाज्ञाको आदेश जारी भइसकेको पाइएपछि हिजै बेलुका छाडेको थियो ।
यस प्रकरणमा सरकारी वकिलको कार्यालयले प्रतिवेदन फिर्ता गरेका कारण २०७८ सालको पुसदेखि रोकिएको अनुसन्धान पुनः शुरु गर्दै प्रहरीले हिजो सात जनालाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: २०२३-०६-२८ , समय : १७:३८:०६ , १ वर्ष अगाडि