विधानकाे अन्तिम मस्यौदा तयार पार्न जसपाले बनायो समिति

मिति: २०२३-०६-२७ , समय : २०:१६:५३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा)ले विधानको अन्तिम मस्यौदा तयार पार्न समिति बनाएको छ ।

राजधानीमा तीन दिनसम्म चलेको विधान महाधिवेशनमा आएका सुझावहरूलाई समेटेर विधानको अन्तिम मस्यौदा तयार पार्न जसपाले समिति बनाएको हो । समितिमा ६ सदस्य छन् ।


अन्तिम मस्यौदा तयार पार्न बनाइएको समितिलाई विधान मस्यौदा प्रमाणीकरण समिति नाम दिइएको छ । समितिमा पार्टी अध्यक्ष उपेन्द्र यादव, नेताहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, लालबाबु राउत, सुशीला श्रेष्ठ र दीपेद्र झा छन् ।

प्रकाशित मिति: २०२३-०६-२७ , समय : २०:१६:५३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित