महादेवाको नीति तथा कार्यक्रममा कृषि,पर्यटन तथा भौतिक पुर्वाधार समृद्घिको मुल आधार तय गरेको योजना

मिति: २०२३-०६-२६ , समय : ०८:२१:३१ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज । सप्तरीको महादेवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि,पर्यटन तथा भौतिक पुर्वाधार समृद्घिको मुल आधार तय गरेको योजना योजना समावेश गरिएको छ ।
आईतबार सम्पन्न ८ औं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा यस्तो योजना समावेश गरिएको हो । प्रस्तुत नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षका लागि ३५ करोड १७ लाख ८२ हजार रुँपैयाको बजेट बिनियोजन गरिएको छ ।
गाउँसभामा अध्यक्ष सुनिल कुमार मण्डलले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने रकमका साथै आन्तरिक आम्दानी, दातृ निकाय एवं विभिन्न संघ संस्थाबाट प्राप्त हुने रकमको आधारमा आगामी २०८०÷८१ को बजेट तथा नीति कार्यक्रम तयार पारिएको बताउनु भयो ।
प्रस्तुत बजेटमा कृषि, शिक्षा, पर्यटन,स्वास्थ्य र भौतिक पुर्वाधारलाई उच्च प्राथमिकतामा राखिएको छ । यस्तै उधमशीलता तालिम, खेलकुद, सीप विकास, गरिबी निवारणलाई पनि आगामी नीति तथा कार्यक्रममा समेटिएको छ ।
खेती प्रणालीलाई आधुनिक खेती प्रणालीमा रुपान्तरण गर्ने, कृषि बाली तथा पशु बिमा गरि कृषकहरुको जोखिमलाई न्युनिकरण गर्ने, कृषकलाई समयमै र सहज ढंगले मल, बिऊबिजन तथा कृषि सामाग्रि उपलब्ध गराउने र सिचाईका लागि कृषि विद्युतीकरण बिस्तार गर्ने लगायतका योजना नीति तथा कार्यक्रममा समेटिएको छ ।
विपन्न र न्युन आय भएका घरपरिवारको पहिचान गरि परिचय पत्र बितरण लगायतका योजना नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
८ औं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम गापा अध्यक्ष सुनिल कुमार मण्डलको अध्यक्षता तथा समाजसेवी सीताराम मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत केशव झा,गापा उसाध्यक्ष अर्चना कुमारी यादव,जयश्वर किशोर दास,जुगेश्वर साह,युवा नेता सुरेन्द्र यादव,जागेश्वर इसर,लगायतले आ आफनो शुभ कामना मन्तब्य राखेका थिए ।

प्रकाशित मिति: २०२३-०६-२६ , समय : ०८:२१:३१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित