मधेश प्रदेश सबैभन्दा बढी गरिब प्रदेश हो : कार्यवाहक मुख्यमन्त्री यादव

मिति: २०२३-०६-२५ , समय : २०:२७:०० , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेश मुलुकमै सबैभन्दा गरिब प्रदेश रहेको बताएका छन् ।

कार्यवाहक मुख्यमन्त्री यादवले साधन स्रोतको अभावका कारण प्रदेशका जनता संकटमा रहेको भन्दै समस्याको चाङकाबीच प्रदेश सरकार काम गरिरहेको बताए ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको आठौं गाउँसभाको उदघाटन गर्दै उनले प्रदेशका जनताको स्रोत आफ्नो विवेक र मेहनत मात्र रहेकोले त्यसको सदुपयोग गर्दे सुन्दर भविष्य निर्धारणमा लाग्नुपने बताए ।

कृषिमा विद्युतीकरणसहित सिँचाइको प्रवन्ध मिलाएर कृषि क्षेत्रलाई आधुनिकीकरणको लागि प्रदेश सरकार अगाडि बढेको उनले बताए ।

प्रदेश सरकारले आर्थिक वर्ष ०७९।८० का लागि ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

प्रकाशित मिति: २०२३-०६-२५ , समय : २०:२७:०० , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित