जापानले अमेरिकासँग चार सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने

मिति: २०२३-०२-२८ , समय : ०७:३६:०७ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

जापन ।
जापानले अमेरिकासँग चार सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने भएको छ । प्रधानमन्त्री फुमियो किशिदाले अमेरिकाबाट चार सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ।

महिनाको सुरुमा जापानी रक्षामन्त्रीले आउँदो आर्थिक वर्षमा क्षेप्यास्त्र खरिदका लागि १ दशमलव ५ अर्ब अमेरिकी डलर बराबरको रकम छुट्याएको जानकारी दिनुभएको थियो।

चीनको बढ्दो सैन्य प्रभाव र आणविक शक्ति सम्पन्न उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको सामना गर्न किशिदा प्रशासनले जापानको प्रतिरक्षा क्षमता विस्तार गर्न चाहेको विश्लेषण हुँदै आएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

रूसले युक्रेनमाथि गरेको आक्रमण र चीनले ताइवानमाथि कब्जा जमाउन सक्ने आशङ्काकाबीच जापान सरकारको पछिल्लो निर्णय सार्वजनिक भएको हो । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०२-२८ , समय : ०७:३६:०७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्