मधेश प्रदेशसहित देशका धेरै स्थानमा भारी वर्षाको सम्भवाना…
मिति: २०२३-०६-२३ , समय : ०९:२७:१३ , गामघर डेस्क
मिति: २०२३-०६-२३ , समय : ०९:२७:१३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
मधेश प्रदेशसहित आज देशको विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम बुलेटिनमा देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।
‘कोशी, मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ’ बुलेटिनम उल्लेख छ ।
यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघ–गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती ,गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
प्रकाशित मिति: २०२३-०६-२३ , समय : ०९:२७:१३ , २ वर्ष अगाडि