अहिलेको बजेटलाई यथास्थितिमा पारित गर्न नदिने जसपा अध्यक्ष उपेन्द्र यादवकाे उदघाेष
मिति: २०२३-०६-२२ , समय : १५:३६:५२ , गामघर डेस्क
मिति: २०२३-०६-२२ , समय : १५:३६:५२ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
जनता समाजवादी पार्टीले संसद्मा प्रस्तुत बजेटले धेरै क्षेत्रलाई उपेक्षा गरेकाले त्यसलाई यथास्थितिमा पारित गर्न नसकिने जनाएको छ ।
बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष उपेन्द्र यादवले बजेटमा सुधारको जरुरी रहेको बताएका हुन् । उनले अहिलेको बजेटमा एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको भन्दै यसमा मधेश लगायतलाई उपेक्षा गरिएको बताए ।
उनले यसलाई सुधार गर्नुपर्ने भन्दै यथास्थितिमा बजेट पास नहुने उनले भने ।
अध्यक्ष यादवले समाजवादी मोर्चामा बाबुराम भट्टराईको दललाई नसमेटेको विषयमा पनि टिप्पणी गरे । भट्टराई एक्लै हिँड्न रुचाउने व्यक्ति भएको यादवको भनाइ थियो ।
प्रकाशित मिति: २०२३-०६-२२ , समय : १५:३६:५२ , २ वर्ष अगाडि