मोदीले नाै वर्षमा पहिलो पल्ट पत्रकार सम्मेलनमा कुरा गर्दै, पत्रकारले दुई वटा प्रश्न सोध्न पाउने
मिति: २०२३-०६-२२ , समय : १५:३२:०४ , गामघर डेस्क
मिति: २०२३-०६-२२ , समय : १५:३२:०४ , गामघर डेस्क
गामघर डेस्क
अमेरिका ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नौ वर्षको अवधिमा पहिलो पल्ट पत्रकार सम्मेलनमा पत्रकारहरूसँग प्रत्यक्ष कुराकानी गर्नु हुने भएको छ ।
अमेरिकाको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको संयुक्त पत्रकार सम्मेलनमा पत्रकारहरूसँग प्रत्यक्ष कुराकानी गर्ने रोयटर्सले जनाएको छ । ह्वाइट हाउसमा आज शुक्रवार हुने पत्रकार सम्मेलनमा मोदीलाई एउटा प्रश्न अमेरिकी पत्रकारबाट र अर्को प्रश्न भारतीय पत्रकारबाट सोधिने तय भएको सीएनएनले जनाएको छ । केही अन्तर्वार्ताबाहेक मोदीले सञ्चारमाध्ययमसँग प्रत्यक्ष संवाद गर्नुभएको छैन ।
दुई कार्यकाल गरी नौ वर्षसम्म प्रधानमन्त्री रहँदा मोदी आफैँले एउटा पनि पत्रकार सम्मेलन आयोजना नगर्नुभएको र सन् २०१९ मा एक पत्रकार सम्मेलनमा उपस्थित भए पनि पत्रकारलाई प्रश्न सोध्न नदिएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।
अमेरिका भ्रमणमा पनि भारतीय पक्षले संयुक्त वक्तव्य जारीमात्र गर्न दबाब दिए पनि अमेरिकी पक्षले पत्रकार सम्मेलनमा सम्बोधन र दुई वटा प्रश्नको जवाफका लागि सहमत गराएको हो । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०६-२२ , समय : १५:३२:०४ , १ वर्ष अगाडि