भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकामा : एलन मस्कसँगको भेटमा भारतमा सम्भावित लगानीबारे छलफल

मिति: २०२३-०६-२२ , समय : ०७:१२:२६ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार दिने भ्रमणका क्रममा अमेरिका पुग्नुभएको छ ।

अमेरिका भ्रमणका क्रममा भारतका प्रधानमन्त्रीले अमेरिकी संसद्का दुवै सदनका संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका राजकीय पाहुना मोदी सम्बोधनको यो अवसर एवम् सम्मान पाउने तेस्रो भारतीय नेता हुनुहुन्छ ।

अमेरिकामा मोदीको भेटवार्ता र छलफल सुरु भएको छ । पहिलो दिन हिजो ट्वीटरका मालिक तथा टेस्ला कम्पनीका सीईओ एलन मस्क, प्रोफेसर नसिम तालेब र प्रोफेसर रोबर्ट थर्मनसँग भेटवार्ता भएको छ ।

प्रधानमन्त्री मोदीसँगको भेटपछि एलन मस्कले भारतमा सम्भावित लगानीबारे छलफल गरेको बताउनुभएको छ ।

नयाँ दिल्लीले पछिल्ला वर्ष गुगल र एप्पलजस्ता विशाल प्रविधिसहित विश्वका शीर्ष लगानीकर्ता र कम्पनीका लागि लगानीको मार्ग प्रशस्त गरेको छ ।

मोदीको भ्रमणले अमेरिका र भारतका नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र भ्रमण महत्वपूर्ण तथा उपलब्धिपूर्ण हुने अपेक्षा गरिएको बीबीसी हिन्दीले जनाएको छ । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०६-२२ , समय : ०७:१२:२६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्