पीडित लेनदेन सङ्घर्ष समितिद्वारा काठमाण्डाैमा धर्ना तथा बृहत प्रदर्सन ( तस्बिर सहित )
मिति: २०२३-०६-२१ , समय : १७:०८:४७ , शुभ नारायण यादब
मिति: २०२३-०६-२१ , समय : १७:०८:४७ , शुभ नारायण यादब
शुभ नारायण यादब
काठमाण्डाै । तराईका विभिन्न जिल्लाबाट आएका पीडित लेनदेन सङ्घर्ष समितिले अाज बिहानैदेखि काठमाण्डाैकाे माइतीघरमा धर्ना तथा प्रदर्सन गरेका छन् ।
पीडित लेनदेन सङ्घर्ष समिति, मधेस प्रदेश अन्तरगत सप्तरी , सिरहा ,धनुषा , महाेतरि ,राेतहट, बारा ,पर्सा ,सर्लाही लगायत तराईका विभिन्न जिल्लाबाट आएका पीडित लेनदेन सङ्घर्ष समितिले अाज बुधबार काठमाडौंकाे माइतीघरमा धर्ना दिँदै प्रदर्शन गरेका हुन् । परापूर्वकालदेखिको आपसी लेनदेनको व्यवहारलाई भताभुङ्ग पार्न खोजिएको आरोप लगाउँदै उनीहरूले आफूहरूमाथि कारबाही गर्न ल्याइएको अध्यादेश तत्काल खारेज गर्न सरकारसँग माग गरेकाे पीडित लेनदेन सङ्घर्ष समिति सप्तरी मधेस प्रदेशका सचिव केश्वर साहले बताउनुभयो ।
उनीहरूले स्थानीय निकायमा जाँचबुझ गरी मात्र प्रमाणको आधारमा उजुरी दर्ता गरिनुपर्ने, अहिले दर्ता गरिएका उजुरीलाई जाँचबुझ तथा छलफलका लागि पालिकालाई जिम्मा दिनुपर्ने, आफूहरूले दिएको पैसाको साँवा र ब्याज उपलब्ध गराउनुपर्नेलगायतका माग राखेर आन्दोलन गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले लेनदेन कारोबार सहज गर, अदालतमा कपाली तमसुकको मुद्दा दर्ता गर, कानुन बमोजिम गरिएको लगानी कानुन बमोजिम फिर्ता गरियोस् लगायतका प्ले कार्ड र ब्यानर बोकेर विरोध जनाएकाे तथा बिधायक खारेजी नभए सम्म तथा अाफुहरुकाे माग सम्बाेधन नभए सम्म अान्दोलन जारि रहने लेनदेन सङ्घर्ष समिति सप्तरीका अध्यक्ष राम किसुन यादवले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०६-२१ , समय : १७:०८:४७ , 2 years अगाडि