चीन र पाकिस्तानबीच परमाणु ऊर्जा केन्द्र बनाउन सम्झौता
मिति: २०२३-०६-२१ , समय : १०:४२:१५ , गामघर डेस्क
मिति: २०२३-०६-२१ , समय : १०:४२:१५ , गामघर डेस्क
गामघर डेस्क
पाकिस्तान । चीन र पाकिस्तानबीच परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार चीनले पाकिस्तानमा १२ सय मेगावाट क्षमताको परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने छ । उर्जा केन्द्र पाकिस्तानको पञ्जाब प्रान्तमा स्थापना हुने छ ।
चाइना नेसनल न्युक्लियर कर्पोरेसन ओभरसिज लिमिटेड र पाकिस्तान अटोमेटिक इनर्जी कमिसन बीच भएको सम्झौता अनुसार चाँडै काम सुरु हुने पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफले बताउनुभएको रोयटर्सले जनाएको छ ।
परमाणु केन्द्रका लागि चीनले चार अर्ब ८० करोड अर्ब अमेरिकी डलर लगानी गर्ने छ ।
प्रधानमन्त्री शरिफले पाकिस्तान र चीनबीचको सम्बन्ध बलियो हुँदै गएको पनि दाबी गर्नुभयो ।
चीनले बेल्ट एन्ड रोड इनिसिटिभ प्रोजेक्टअन्तर्गत पाकिस्तानलाई ६५ अर्ब डलर सहयोग गर्ने पनि जनाएको छ । पाकिस्तानले पछिल्लो समय आर्थिक संकट झेलिरहेको छ । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०६-२१ , समय : १०:४२:१५ , १ वर्ष अगाडि