आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
मिति: २०२३-०६-२१ , समय : ०८:४३:१४ , गामघर डेस्क
मिति: २०२३-०६-२१ , समय : ०८:४३:१४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । अन्तर्राष्ट्रिय योग दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ देखि जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
नेपालले भने यस अघिदेखि नै योग दिवस मनाउने गरेको थियो । २०३६ सालको माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर नेपालमा योग दिवस मनाउन थालिएको थियो ।
माघ १ गते मनाउने गरिएको योग दिवस जुन २१ तारिखमा सारेपछि अभियानकर्मीले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न माग गरेका थिए ।
त्यसपछि सरकारले २०७२ साल साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।
नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।
नियममा रहेर योग गरे विभिन्न स्वास्थ्य समस्या कम हुँदै जाने योग गुरुहरुले बताउँदै आएका छन् ।
प्रकाशित मिति: २०२३-०६-२१ , समय : ०८:४३:१४ , १ वर्ष अगाडि