मधेस प्रदेश : आरती साह प्रकरणमा जिल्ला अदालत धनुषामा ढुङ्गामुढा, चार जना घाइते
मिति: २०२३-०६-२० , समय : १८:१३:०६ , गामघर डेस्क
मिति: २०२३-०६-२० , समय : १८:१३:०६ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर । जिल्ला अदालत धनुषामा ढुङ्गामुढा भएकाे छ । गएकाे जेठ ७ गते ज्यान गुमाएकी जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने आरती साहका माइती पक्षले अदालत परिसरमा ढुङ्गामुढा गर्दा प्रहरीसँग झडप भएको हाे। झडपमा चार जना घाइते भएका छन् ।
थापाचोकका मोतीबाबु साहकी श्रीमती २२ वर्षीया आरतीको जेठ ७ गते ज्यान गएकाे थियाे । आरतीका माइती पक्षले दाइजाेका कारण उनकाे हत्या भएकाे भन्दै विराेध गरेका हुन्। अनुसन्धान फितलो भएको भन्दै आरतीकाे माइती पक्ष लगायतले केही दिनदेखि न्यायको माग गर्दै जनकपुरधाम र काठमाण्डौमा प्रदर्शन गर्दै आइरहेका छन् ।
उनीहरुले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेका छन् । धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले पीडित परिवारलाई नै कुटपिट गरेको भन्दै तत्काल कारबाही गर्नुपर्ने उनीहरुकाे माग छ ।
साथै, उनीहरुले एसपी र डीएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआईबीद्वारा जाँच गर्नुपर्ने लगायत ६ वटा माग राखेका छन् ।
प्रकाशित मिति: २०२३-०६-२० , समय : १८:१३:०६ , २ वर्ष अगाडि