ब्राजिलमा आँधीका कारण १३ जनाको मृत्यु , हजारौँ नागरिक विस्थापित

मिति: २०२३-०६-१९ , समय : ०७:३४:२३ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

ब्राजिल ।
ब्राजिलको दक्षिणी क्षेत्रमा पर्ने रियो ग्रान्डे डो सुल प्रान्तमा आएको आँधीका कारण १३ जनाको ज्यान गएको छ । १० जना बेपत्ता भएका छन् ।

ज्यान जानेमा चार महिनाको शिशुसमेत रहेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आँधीका कारण हजारौँ नागरिक विस्थापित भएका छन् । २ हजार ४ सय जनाको उद्धार गरिएको छ ।

आँधीका कारण त्यहाँका कयौँ सडक अवरुद्ध भएका छन् भने मुख्य सहरका हवाई उडान समेत बन्द भएका छन् । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले सङ्कट समाधानका लागि प्रयास भइरहेको बताउनु भएको छ । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०६-१९ , समय : ०७:३४:२३ , १ वर्ष अगाडि