खाँडो नदीको पुल निर्माण भएको पाँच वर्ष नबित्दै पुल भप्कियाे , सम्बन्धित निकाय बेखबर
मिति: २०२३-०६-१७ , समय : ०६:३२:०५ , गामघर डेस्क
मिति: २०२३-०६-१७ , समय : ०६:३२:०५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको हुलाकी लोकमार्ग अन्तर्गत राजविराज–कन्चनपुर सडकखण्डको खाँडो नदीको पुल निर्माण सम्पन्न भएको पाँच वर्ष नबित्दै उप्किन सुरु भएको छ ।
नेपाल सरकारको कुल १० करोड रुपियाँको लागतमा अरुण लामा जेभी कन्स्ट्रक्सनले बनाएको पुल पाँच वर्ष नपुग्दै उप्किन सुरु भएको हो । निर्माण गरिएको पुलमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको आरोप छ । पुलको गुणस्तरहीन काम ढाकछोप गर्न ठाउँ ठाउँमा सिमेन्टको घोल हालेको स्थलगत रूपमा स्पष्टै देखिएको नेकपा (माओवादी केन्द्र) का नेता दीपेन्द्र माझीको आरोप छ ।
महादेवा गाउपालिका वडा न.–४ का विकास तिवारीका अनुसार पुल निर्माण सम्पन्न भएको करिब पाँच वर्षमा नै पुल जीर्ण अवस्थामा पुगेको र तत्काल यसको मर्मत सम्भार गरिएन भने जुनसुकै बेला भत्किन सक्ने अवस्थामा पुगेको छ ।
जिल्ला सदरमुकाम राजविराजसँग पूर्वी भागलाई जोड्ने यो पुलको तत्काल मर्मतसम्भार गर्न गराउन तथा यस्ता कमसल प्रकृतिको काम गर्ने निर्माण कम्पनी र प्राविधिकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने तिवारीले बताउनुभयो ।
प्रकाशित मिति: २०२३-०६-१७ , समय : ०६:३२:०५ , २ वर्ष अगाडि