मधेस प्रदेश : प्रेमीकाको हत्या आरोपमा एक युवक पक्राउ
मिति: २०२३-०६-१३ , समय : १९:१७:४२ , गामघर डेस्क
मिति: २०२३-०६-१३ , समय : १९:१७:४२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको धनुषामा ४५ वर्षीया एकल महिलाको हत्या आरोपमा उनकै प्रेमी २२ वर्षीय युवकलाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका १८ घर भई जनकपुरधाम स्थित घर बनाउने मिस्त्रीको काम गर्ने २२ वर्षीय ओमलाल मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका युवकलाई मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा सार्वजनिक गरिएको छ ।
आइतबार साँझ करिब ५ बजेको समयमा मिथिलाबिहारी ८ तारापट्टी स्थित पोखरीको छेउमा गाडिएको अवस्थामा शव फेला परेको थियो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेकोमा डिएसपीको कमाण्डमा खटेको टोलीले सड्न लागेको अवस्थामा हात देखिएको र सो लास पोखरीको दक्षिण पूर्व पट्टी पानीको सतह भन्दा १ फिट माथि जमिनमा ४ फिट जति गाडिएको अवस्थामा उत्खनन् गरेका थिए ।
प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार मिथिलाबिहारी नगरपालिका ८ तारापट्टीकी करिब ४५ वर्षीया उषा दास श्रीमानको मृत्यु पश्चात युवकसँग प्रेम सम्बन्धमा थिए । महिलाले युवकलाई विवाह गर्न भनेपछि युवकले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
प्रहरी उपरीक्षक खड्काका अनुसार मृतक महिलाको छोरा २० वर्षीय सोनु दास र बुहारी कमला
नगरपालिका ३ लग्मा स्थित ससुराली घरमा गएको अवस्थामा महिलाले प्रेमीलाई जेठ २० मा घरमा ल्याएका थिए ।
मण्डल र मृतकबीचमा अनैतिक सम्बन्ध रहेकोमा पटक–पटक बिबाह गर्न भन्दा ओमलालले नमानी टाढा रहन खोज्दा महिलाले खोजेर जबरजस्ति युवकलाई घरमा ल्याउने गरेको खुलेको हो ।
गत बिहिबार राति ११ बजेको समयमा बिहेकै विषयमा दुबैजनाबीच विवाद हुँदा ओमलालले एक थप्पड हानेको र थप्पड हान्नसाथ महिला बाहिर निस्की भाग्न लाग्दा घाँटी समाती घाँटी थिचेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
महिलाको मृत्यु पश्चात युवकले पोखरीको छेउमा खाल्डो खनि लाशलाई चाँडो सडाउनको लागि महिलाले लगाएको कपडा समेत खोली नाङ्गै खल्डोमा गाडेका थिए । महिलाको कपडासमेत सोही पोखरीको अर्को छेउमा गाडी महिलाले प्रयोग गरेको मोबाईल पोखरीमै फालेर फरार भएका थिए ।
मण्डलको लोकेशन चितवनको हाकिम चोक स्थित देखिएकोमा जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरेर उनलाई पक्राउ गरिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । टुडेपाटीबाट
प्रकाशित मिति: २०२३-०६-१३ , समय : १९:१७:४२ , २ वर्ष अगाडि